आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • समाचार
  • इलाममा आगलागीबाट रु १० लाख बराबरको चिया क्षति

इलाममा आगलागीबाट रु १० लाख बराबरको चिया क्षति

  • बिहिबार, बैशाख ९, २०७८
इलाममा आगलागीबाट रु १० लाख बराबरको चिया क्षति

इलाम, वैशाख ९ –

सूर्योदय नगरपालिका –९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।
कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार