बुधबार, बैशाख ८, २०७८
  • होमपेज
  • समाचार
  • चितवनमा आज बिहान सिरक डसना उद्योगमा आगलागी

चितवनमा आज बिहान सिरक डसना उद्योगमा आगलागी

  • बुधबार, चैत्र ११, २०७७
चितवनमा आज बिहान सिरक डसना उद्योगमा आगलागी

चितवन, चैत ११-

सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।

आगलागीबाट कपास निर्माणका लागि ल्याएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।रासस

Facebook Comments

सम्बन्धित समाचार