बुधबार, बैशाख ८, २०७८
  • होमपेज
  • स्थानीय
  • चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने

चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने

  • शुक्रबार, चैत्र ६, २०७७
चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने

भरतपुर, ६ चैत-

चितवनमा यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मतसम्भारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

 हेटौँडा ग्रिड महाशाखाअन्तर्गतको १३२÷३३÷११ केभी भरतपुर सबस्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नाका साथै आवश्यक मर्मतसम्भार गर्न परेको विद्युत् कटौती गर्न लागिएको महाशाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार बिहान ८ः०० देखि साँझ ६०० बजेसम्म विद्युत् कटौती हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार