बुधबार, बैशाख ८, २०७८
  • होमपेज
  • अर्थ/वाणिज्य
  • ६०० ले बढ्यो पहेंलो धातुको मूल्य

६०० ले बढ्यो पहेंलो धातुको मूल्य

  • बुधबार, फाल्गुन २६, २०७७
६०० ले बढ्यो पहेंलो धातुको मूल्य

काठमाडौँ,फागुन २६ रासस

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ । रु एक हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २७० मूल्य निर्धारण भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार