मङ्लबार, बैशाख ७, २०७८
  • होमपेज
  • समाचार
  • सुनको मूल्य तोलामा रु ४०० ले उकालो

सुनको मूल्य तोलामा रु ४०० ले उकालो

  • सोमवार, फाल्गुन १७, २०७७
सुनको मूल्य तोलामा रु ४०० ले उकालो

काठमाडौँ, फागुन १७ रासस

स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूचीअनुसार सुन तोलामा रु ४०० ले उकालो लागेको छ । प्रतितोला रु ८८ हजार ३०० मा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने रु ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकामा आजका लागि रु ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ । तोलामा रु एक हजार ३२५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने रु पाँचले वृद्धि भई रु एक हजार ३५० मूल्य निर्धारण भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार