चितवन, फागनु ६-
चितवनको खैरहनी र रत्ननगरका किसानलाई कृषि मन्त्री पद्मा अर्यालले चार चक्के धान रोप्ने दुईवटा मेसिन हस्तान्तरण गरेकी छन् ।
रत्ननगर नगरपालिका –६ बछ्यौली र खैरहनीको कुमरोजमा रहेको साना किसान सहकारी संस्थालाई मन्त्री अर्यालले सो मेसिन हस्तान्तरण गरेकी हुन् । मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रिकरणको लागि किसानलाई मन्त्रालय जस्तो सुकै सहयोग गर्न तयार रहेको बता
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदानमा ४१ लाख ८० हजार रुपैयाँमा दुई वटा मेसिन किनिएको आयोजनाका अधिकृत माधव पौडेलले नारायणी अनलाइनलाई बताए । किसानहरुले कुमरोज र बछ्यौलीमा सामुदायिकरुपमा धान खेती गर्दै आएका थिए । चितवनमा विसं २०४५ सालबाट साना किसान कार्यक्रम सुरु भएको थियो । रत्ननगर नगरपालिकाका तीन हजार १९२ घरधुरी साना किसानमा आवद्ध रहेका छन् । यस सहकारीले धान खेतीमा यान्त्रिकरणको प्रयोग र चक्लाबन्दीलाई विशेष प्राथमिकता दिएको छ ।