चितवन, फागुन ३-
१७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७ को उपाधिका लागि आज (सोमबार) मुनस्टोन क्रिकेट एकेडेमी र ग्लोबल इनफरेन्स इस्र्टन क्रिकेट एकेडेमी भिड्दै छन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा केहीबेरमा उपाधि भिडन्त हुने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए । मुनस्टोन समूह ‘ए’को विजेता बन्दै फाइनल यात्रा तय गरेको हो भने इस्र्टन समूह ‘बी’को विजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।
मुनस्टोन हरिबहादुर चौहानको कप्तानीमा मैदानमा उत्रिदैछ भने इस्र्टन आकाश थापाको कप्तानीमा मैदानमा उत्रिदैछ ।
चितवन क्रिकेट संघको आयोजनामा भइरहेको यस प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने छ ।
यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने संघका उपाध्यक्ष सुदिप पियाले जानकारी दिए ।