मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुनको मूल्य तोलामा रु २०० ले घट्यो

सुनको मूल्य तोलामा रु २०० ले घट्यो

  • सोमवार, माघ २६, २०७७
सुनको मूल्य तोलामा रु २०० ले घट्यो

काठमाडौँ, माघ २६ रासस

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला कमसुन तोलामा रु ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा रु ९० हजार ६०० मा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा रु २०० ले घटेको छ । रु ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज रु ८९ हजार ९५०मूल्य निर्धारण भएको छ । त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । रु एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा रु एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार