मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • खेलकुद
  • ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ हुने

‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ हुने

  • आइतवार, माघ २५, २०७७
‘प्रेम मार्केट चितवन च्याम्पियनसिप ट्रफी–२०७७’ हुने

चितवन, माघ २५–

चितवन क्रिकेट संघको आयोजनामा १७औं संस्करणको ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ हुने भएको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन १ गतेसम्म चल्नेछ । संघले आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै एकदिवसीय विधा (५० ओभर)को प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रतियोगितामा जिल्लाभरका कुल ६ टिमहरु सहभागिता रहने प्रतियोगिताका संयोजक उमेश पियाले जानकारी दिए । उनका अनुसार चितवन क्रिकेट क्लव, भरतपुर क्रिकेट क्लव, मुनस्टोन क्रिकेट क्लव मंगलपुर, इस्र्टन क्रिकेट एकेडेमी टाँडी, बेलचोक क्रिकेट क्लव भरतपुर, र गीतानगर क्रिकेट क्लवले प्रतिस्पर्धा गर्नेछन् । ६ टिमलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ भने समूह विजेता टोलीले सिधै उपाधिका लागि भिड्ने आयोजकले जनाएको छ । ‘प्रेम मार्केट चितवन च्याम्पियनसिप–२०७७’ प्रतियोगिता धुर्मुस–सुन्तली फाण्डेशनको अगुवाईमा रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा प्रतियोगिता चल्नेछ ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउने संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । यस्तै म्यान अफ दि म्याच, म्यान अफ दि सिरिज, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरु आकाश थापा, गौतम केसी, हरिबहादुर चौहान, दीपेश श्रेष्ठ, अजित भण्डारी, संघर्ष पौडेललगायतका खेलाडीहरु खेल्नेछन् । यस प्रतियोगिताले युवा खेलाडीहरुको स्तरवृद्धिमा सहयोग पु¥याउने संघका उपाध्यक्ष सुदिप पियाले बताए ।

प्रतियोगितालाई प्रेम सुपर मार्केट नारायणगढले मुख्य प्रायोजन गरेको छ । मार्केटका प्रोपाइटर सामाजिक व्यक्तित्व तथा खेलप्रेमी प्रेमकुमार श्रेष्ठ र उनका सुपुत्र उत्सव श्रेष्ठले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गर्न सहयोग गरिएको बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार