मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • कला/साहित्य
  • गायक मुकेश शाक्यको ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

गायक मुकेश शाक्यको ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, माघ २५, २०७७
गायक मुकेश शाक्यको ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको आवाजमा सजिएको नयाँ गीत ‘छँगु हे खँला खः’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार जुगल डंगोलको संगीत रहेको यस गीतमा दर्शन वीर शाक्यको शब्द रचना रहेको छ ।

छायांकन तथा सम्पादन बिजन बज्राचार्यको रहेको सार्बजनिक भिडियोलाई विश्वास बज्राचार्यले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल तथा नायिका रन्जना सितिखु र अमोघवीर बज्राचार्यलाइ फिचर्ड गरिएको छ। पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल प्रशिद्ध मोडल तथा नायिका रन्जना सितिखु अभिनित भिडियोमा मंजिल शाक्य, सुजाता शाक्य बज्राचार्य, कृष्णशोभा उलक, जेनेन्द्र शाक्य, साजन शाक्य र दृष्टि शाक्यको समेत अभिनय रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार