काठमाडौं, १० माघ–
गायिका बुनु श्रेष्ठको ‘लहरोस चन्द्र सुर्य झण्डा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा डाक्टर गोविन्द टन्डनक शब्द तथा राजनराज शिवाकोटीको संगीत रहेको छ। गीतमा साहास शाक्यको एरेन्ज रहेको छ।
देश भावनाले ओतप्रोत भएको सार्वजनिक गीतमा गायिका बुनु श्रेष्ठलाई नै फिचर्ड गरिएको छ। गायिका श्रेष्ठले दुख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भएनी देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजेको बताउनु भयो ।
अनील कटवालको छायांकन तथा सम्पादन गरिएको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोलाई गायिका बुनु श्रेष्ठले निर्देशन गर्नु भएको हो । स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ ।